प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको सङ्ख्या आजसम्म देशभरबाट तीन हजार ४०६ जना छन् ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार दर्ता गराएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् । उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन्भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् । त्यसैगरी ६१ वर्षभन्दा माथिका चार सय २५ जना छन् ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज दिउँसो आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका थिए ।
उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबीविरोधको समय दिइएको छ ।समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते दाबीविरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिक्रिया