स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
मेरोन्यूज
२०८२ माघ १२ गते ९:४१

काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालकी मनीषा उपाध्यायले पहिलो ओभरमा ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी हुन्।

ग्लोबल छनोटमा मनीषाले पहिलो खेल खेलिरहेकी हुन्।
मनीषाले ओभरको दोस्रो ओभरको चौथो बलमा स्कटल्यान्डका ओपनर क्याथरिन ब्राइसलाई एलबीडब्लु धरापमा पारिन्। डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्। नेपालले पहिलो ओभरमा ३ विकेट लिएर ६ रन दिएको छ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।

सम्बन्धित

















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया