फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता

दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
फिलिपिन्स कोस्ट गार्ड( पिसिजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताएका छन् ।
पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि गरेका छन ।
पीसीजी प्रमुख एडमिरल रोनी गिल गावनले मनिलामा पत्रकारहरूसँगको साक्षातकारमा डुङ्गाले आइतबार स्थानीय समय अनुसार बेलुका ९ः२० मा जाम्बोङ्गा सिटी पोर्ट छोडेको बताएका छन ।
खोजी र उद्धार अभियान जारी रहेको उल्लेख गर्दै डुङ्गाको अधिकतम यात्रु क्षमता ३५० रहेकोमा ३३२ जना यात्रुहरु सवार रहेको “गवनले बताएका छन ।
यस क्षेत्रका सबै उद्धार सामाग्रीहरु उद्धारमा संलग्न रहेको भन्दै पीसीजीले यस घटनामा तुरुन्तै कारबाही गरेको उनले बताएका छन ।
उनले डुङ्गा डुब्नुका कारणबारे अझै अनुसन्धान भइरहेको पनि बताएका छन ।
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी
प्रतिक्रिया