शनिबार, वैशाख ५, २०८३

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण

मेरोन्यूज २०८२ माघ १२ गते १४:४६

काठमाडाैं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन्। उनले आज औपचारिक रूपमा पदभार सम्हालेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।

बैंकिङ क्षेत्रमा २१ वर्षदेखि निरन्तर योगदान दिँदै आएका आचार्य यसअघि सानिमा बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् ।

प्रतिक्रिया