जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन

काठमाडाैं । जन्ममिति किर्ते गरेर अनुचित लाभ लिएको भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा किर्तिपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार लगायत सरकारी निकायमा उजुरी परेको लामो समय बितिसक्दा पनि छानबिन गर्न ढिलाई भएकोप्रति उजुरीकर्ताले गुनासो गरेका छन् ।
त्रि.वि.सेवा आयोगबाट हालसालै गरिएको वढुवाका प्रतिस्पधि डिल्लिमाया वुढाथोकिले विभिन्न मिति तथा समयमा जन्ममिति किर्ते गरेको उजुरी परेको लामो समय हुँदा पनि छानबिन नभएको पिडित पक्षको गुनासो रहेको छ । पिडित पक्षले विसं २०८२ भदौ ५ मा बुढाथोकिले प्रयोग गरेको नागरिकता, निजको लाइसेन्स, राष्ट्रिय बीमा कम्पनीमा प्रयोग गरेको कागज र निर्वाचन आयोगमा दिएको विवरण फरक परेको भन्दै उजुरी दिएको थियो ।
निज बुढाथोकीको हालसालै त्रि.वि. शिक्षण अस्पतालको नर्सिङ उपनियन्त्रकमा बढुवा भएकोमा सो सम्पूर्ण प्रकृयामा गम्भीर त्रुटी रहेको भन्दै निजसँग भएका फरकफरक नागरिकतामध्ये कुनको आधारमा सो गरिएको समेत निक्र्याेल गरी नियमानुसार आवश्यक कार्यवाहीको माग गरिएको थियो ।
यसरी स्वास्थ्य सेवामा भएको व्यक्तिले लिखत नै किर्ते गर्ने प्रवृति गम्भीर भएको भन्दै उजुरी गरिएको थियो । सो कारण निजको वढुवा हाललाई रद्ध गरिदिन हुन आग्रह समेत गरिएको छ । निवेदकले पेश गरेको विवरणअनुसार मतदाता नामावलीअनुसार उनको जन्ममिति विसं २०२० माघ १६ गते उल्लेख छ भने नागरिकतामा उनी २०३९ असार ९ गते १९ वर्ष पुगेको उल्लेख गरिएको छ ।
त्यसैगरी सवारी चालक अनुमतिपत्रमा विसं २०१९ माघ १६ गते उल्लेख छ । फरकफरक मिति उल्लेख गरिएको मानिसलाई कुन आधारमा बढुवा गरिएको हो भन्ने यकिन नभइकन सरकारी निकायालाई नै गुम्राहमा पार्ने काम भएको तथ्यमा उल्लेख छ । विसं २०८२ जेठ २५ गते गरिएको बढुवा कुन आधामार गरिएको हो भन्ने स्पष्ट पार्न निदेक पक्षले माग गरेको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया