भारतमा कोरोना निको हुने दर बढ्यो
मेरोन्यूज
२०७८ जेठ ६ गते १५:५४

नयाँदिल्ली । भारतमा गएको २४ घण्टामा २ लाख ७६ हजार ११० नयाँ कोरोना संक्रमित थपिएका छन्। कोरोनाको प्रभाव घट्दै गएको भारतमा संक्रमित हुनेभन्दा निको हुने दर बढी देखिन्छ । सोही अवधिमा त्यहाँ ३ लाख ६९ हजार ७७ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा कोरोनाबाट हुने मृतकको दर पनि घटेको छ। लगातार ४ हजारभन्दा बढीको मृत्यु हुँदै गरेको भारतमा गएको २४ घण्टामा ३ हजार ८७४ जनाको मृत्यु भएको छ। कुल २ लाख ८७ हजार १२२ को मृत्यु जनाको कोरोनाका कारण ज्यान गएको छ । भने २ करोडभन्दा बढी कोरोनामुक्त भएका छन्।
यतिबेला भारतमा ३१ लाख २९ हजार सक्रिय संक्रमित छन्। भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५७ लाख ७२ हजार ४०० पुगेको छ।
सम्बन्धित
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया