कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
मेरोन्यूज
२०८२ माघ १७ गते १७:२८

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन् ।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताए।
“विभिन्न कम्युनिष्ट पार्टी तथा सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको हो”, संयोजक दाहालले भने । उनले असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
सम्बन्धित
















इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया