आन्दोलन होइन ब्ल्याकमेल भयो : ब्रिटिश कलेज

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी)ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
कलेजले केही व्यक्तिहरूद्वारा संस्थाको प्रतिष्ठामा क्षति पुर्याउने र आर्थिक लाभ लिने उद्देश्यले घटनाक्रमलाई उग्र बनाइएको दाबी गरेको छ ।
सन् २०११ मा स्थापना भएको द ब्रिटिश कलेज नेपालमा बेलायतका विश्वविद्यालयसँगको साझेदारीमा उच्च शिक्षा प्रदान गर्दै आएको संस्था हो । कलेजका अनुसार नेपालमा ब्रिटिश एक्रिडिटेशन काउन्सिल (BAC) बाट मान्यता प्राप्त एकमात्र कलेजका रूपमा आफू परिचित रहेको, नेपाल सरकारका प्रचलित नियमहरूलाई पालना गर्दै आएको र हाल करिब १,५०० विद्यार्थी अध्ययनरत छन् ।
पछिल्लाे समय ब्रिटिश कलेजकाे हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गतको फाउन्डेसन कार्यक्रम र दुबईस्थित उलविच इन्स्टिच्यूटसँगको शैक्षिक सहकार्यसँग सम्बन्धित छ । कलेजले हस्पिटालिटी म्यानेजमेन्टकाे फाउन्डेसन कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको र यसको आधिकारिक कागजात उपलब्ध रहेको जनाएको छ । उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले दुबईमा पियर्सन एचएण्डडी डिप्लोमा पूरा गरी अन्तिम वर्ष (टप-अप) अन्य देशमा अध्ययन गर्न सक्ने संरचना अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको दाबी गरेकाे छ ।
उलविच इन्स्टिच्यूट दुबई सरकारको लाइसेन्स तथा केएचडीए नियमनअन्तर्गत सञ्चालनमा रहेको स्वतन्त्र संस्था भएको कलेजले स्पष्ट पारेको छ । कलेजका अनुसार हाल पनि तीन दर्जनभन्दा बढी नेपाली विद्यार्थी दुबईमा अध्ययनरत छन् ।
कलेजका अनुसार आन्दोलनको सुरुआत सीमित जिज्ञासाबाट भए पनि पछि केही व्यक्तिहरूले आर्थिक लाभका लागि त्यसलाई उग्र रूप दिएका थिए । दुबईमा अनुशासनात्मक कारबाहीको सम्भावना सामना गरेका एक पूर्व विद्यार्थी र उनका सहयोगीहरूले अन्य विद्यार्थीलाई अध्ययन छोडेर नेपाल फर्कन उक्साएका थिए । ह्वाट्सएप म्यासेजमार्फत कलेजबाट ठूलो रकम असुल्ने योजना बनाइएको दाबी कलेजकाे छ ।
नेपाल फर्किएपछि ९ जना विद्यार्थीले कलेज परिसरमा प्रदर्शन गरेको, कक्षाकोठा अवरुद्ध गरिएको, कर्मचारीमाथि दुर्व्यवहार भएको तथा सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गरिएको कलेजको भनाइ छ । त्यसपछि विभिन्न राजनीतिक विद्यार्थी संगठनसँग आबद्ध ४० भन्दा बढी असम्बन्धित व्यक्ति क्याम्पस प्रवेश गरी हुलदंगा मच्चाएको र प्रहरी हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको जनाइएको छ ।
कलेज प्रशासनलाई धम्की तथा प्रलाेभन दिएका एक पूर्व विद्यार्थीलाई राष्ट्रिय दण्ड संहिता, २०७४ अन्तर्गत आर्थिक दबाबसम्बन्धी आरोपमा पक्राउ समेत परेका छन् ।
यद्यपि कलेजले समस्याको समाधानका लागि अभिभावक र विद्यार्थीहरूसँग संवाद गरी पूर्ण शुल्क फिर्ता, अन्य कार्यक्रम वा संस्थामा स्थानान्तरण तथा अध्ययन निरन्तरताका विकल्प प्रस्ताव गरेको जनाएको छ । दुबईबाट फर्किएका ९ मध्ये ७ जनाले समाधान स्वीकार गरेको र २ जना पुनः दुबई फर्किएको बताएकाे छ ।
यसैबीच, दुबई अध्ययन भिसाका लागि नाे अब्जेक्सन लेटर अस्थायी रूपमा रोकिँदा केही कार्यक्रम प्रभावित भएको स्वीकार गर्दै कलेजले प्रभावित विद्यार्थीहरूलाई वैकल्पिक मार्ग र सहयोग उपलब्ध गराएको जनाएको छ ।
द ब्रिटिश कलेजले शैक्षिक उत्कृष्टता, पारदर्शिता, नियामक अनुपालन र आर्थिक दबाबप्रति शून्य सहनशीलताको नीति दोहोर्याउँदै आफ्नो मूल उद्देश्य – नेपालमै गुणस्तरीय ब्रिटिश शिक्षा उपलब्ध गराउने – प्रति प्रतिबद्ध रहेको जनाएको छ ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया