सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
मेरोन्यूज
२०८२ माघ २० गते १०:४०

काठमाडौं। नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही रु २५÷२५ हजार रहेका छन् ।
मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार घोषणा भएको हो ।
‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा नित्यानन्द खतिवडा र प्रा डा कृष्णराज घतानी हुन्। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँका अध्यक्षतामा भएको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया