साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौँ । विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ ।
वासिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ । साथै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई सुदृढ बनाइने छ ।
यसैबीच, माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार, एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्न सहयोग र निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा योगदान पुग्ने बताएका छन् ।
‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डिपिसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारको निरन्तरता हो ।
















बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ
मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि
HoR elections: Candidates accelerate election activities in Jhapa-3
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
प्रतिक्रिया