राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

कीर्तिपुर (काठमाडौँ) । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि आज नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यान) र एक्सट्रिम इनर्जी डिं«क्सबीच सम्पन्न दुई वर्षे सम्झौता अनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अङ्कित नयाँ जर्सी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी र क्यान पदाधिकारीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
एक्सट्रिम इनर्जी ड्रिङ्क्सले विज्ञप्तिमार्फत नेपाली महिला क्रिकेटका लागि सहकार्य गर्ने जानकारी गराएको छ । “जर्सी प्रायोजनमार्फत खेलाडीलाई प्रोत्साहन हुने आत्मविश्वास बढ्ने र व्यावसायिक वातावरण बन्ने अपेक्षा छ”, विज्ञप्तिमा उल्लेख छ ।
सदस्य सचिव मेहताले खेलकुदमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण योगदान पुगेको बताए । क्यानका सचिव पारस खड्काले नेपाली महिला क्रिकेटले केही समययता प्रभावशाली प्रदर्शनी गर्न थालेको बताउँदै यस्ता प्रायोजनले खेलाडीमा उत्साह बढ्ने बताए ।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारतमा हुन गइरहेको पुरुष टि २० विश्वकपमा क्रिकेट हेर्न मुम्बई पुग्ने नेपाली दर्शकका लागि पनि दुई हजार थान जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया