प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी

बैतडी । सचिन भट्टको उत्कृष्ट बलिङको मद्दतमा बैतडी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश छनोटमा लगातार विजयी भएको छ ।
फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा बैतडीले बझाङलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा बैतडीले दार्चुलालाई १२८ रनले हराएको थियो ।
बैतडीले आज पाएको ६१ रनको झिनो लक्ष्य ८ दशमलब ३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । बैतडीका लागि नरेन भट्टले अविजित ३१ र गजेन्द्र बोहराले अविजित १६ रन बनाए । बलिङतर्फ बझाङका सुशील रावलले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङको पारी १२ दशमलब दुई ओभरमा ६० रनमा समेटियो । बझाङका लागि अभिनाश सिंहले १९ र निराजन रावलले १६ रन बनाए । बलिङतर्फ बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ७ रन मात्रै खर्चिए । सचिन प्लेयर अफ दी म्याच समेत घोषित भए । यस्तै लोकेन्द्र चन्दले ३ विकेट लिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी छन् । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली चयन गरिनेछ ।
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया