रास्वपाले भन्यो– रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै ४ वर्षीया अल्फा खातुनको दुर्घटनाबाट मृत्यु भएको घटनाबारे पार्टीले गम्भीरताका साथ लिएको बताएका हुन्।
‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं।’
महामन्त्री बुर्लाकोटीले कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने पार्टीले पहल गर्ने पनि बताएका छन्। उनले पीडित परिवारलाई राहत र सहयोगका लागि पहल भइरहेको पनि बताए।
उम्मेदवारहरूलाई सवारीसाधन परिचालन गर्दा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन महामन्त्री बुर्लाकोटीले निर्देशन दिएका छन्।
बिहीबार दिउँसो इशनाथ नगरपालिका-४ मठिया टोलमा रास्वपा उम्मेदवार शेख सगिरको गाडीले ठक्कर दिँदा चार वर्षीया अलसा खातुनको मृत्यु भएको थियाे ।
रास्वपाका तर्फबाट रौतहट क्षेत्र नम्बर–२ मा उमेदवार बनेका सगिर आलमको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीको ठक्करबाट बिहीबारदिउँसो ईशनाथ नगरपालिका–४, मठिया टोलकी चार वर्षीया अलसा खातुनको मृत्यु भएको हो । बा१५च ४२४४ नम्बरको कारको ठक्करबाट बालिकाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

















राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आचारसंहिता कडाइकासाथ लागू गर्छौं: आयुक्त भण्डारी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया