डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ ।
विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ । यद्देपी पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मुल्य तीव्र वृद्धि रेकर्ड गरेको छ ।
टोलो न्यूजलाई उद्धृत गर्दै एक प्रतिवेदनले विनिमय दर घटेता पनि प्रमुख वस्तुहरूको मूल्य १००– १,००० अफगान भन्दा बढीको बीचमा बढेको बताइएको छ ।
यसैबीच, द अफगानिस्तान बैङ्कले सतर्क मौद्रिक व्यवस्थापनका कारण अफगानिस्तान यस क्षेत्रको सबैभन्दा स्थिर मुद्राहरू मध्ये एक रहेको उल्लेख गरेको टोलो न्यूजले जनाएको छ ।
केन्द्रीय बैङङ्कका प्रवक्ता हासिबुल्लाह नूरीले “विवेकपूर्ण र सन्तुलित मौद्रिक नीतिहरूको कार्यान्वयन, निर्यात वृद्धि, अधिक पारदर्शिता, लागु औषध तस्करीको रोकथामको माध्यमबाट केन्द्रीय बैङ्कले राष्ट्रिय मुद्राको स्थिरतालाई बलियो बनाउन मद्दत गरेको बताउनु भएको छ ।
विविध आश्वासनहरूका बावजुद, बढ्दो लागतले विशेष गरी दैनिक आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका कम आय भएका परिवारहरूमा दबाब बढाएको जनाइएको छ ।
चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टले मूल्यवृद्धिलाई मुद्रा चालमा मात्र श्रेय नदिइ बजारलाई स्थिर बनाउन कदम चालेकोमा जोड दिएको टोलो न्यूजले जनाएको छ ।
चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टका कार्यवाहक प्रमुख मोहम्मद वली अमिनीले “निजी क्षेत्रका माध्यमबाट चेम्बर अफ कमर्सले खाद्यान्न र आवश्यक वस्तुहरूको पर्याप्त उपलब्धता सुनिश्चित गर्न प्रयास गरिरहेको बताएका छन् ।
टोलो न्यूजले चलिरहेको आयात र पारवहन प्रतिबन्धहरूले दैनिक ज्यालामा निर्भर हुने कमजोर परिवारहरूमा भारी असर गरिरहेको छ जनाएको छ ।
















एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया