अष्ट्रेलिया र इन्डोनेसियाद्वारा नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर

अष्ट्रेलिया र इन्डोनेसियाले दक्षिणपूर्वी एसियाको अर्थतन्त्रमा सहयोग र नयाँ सैन्य प्रशिक्षण सुविधाहरूको लागि मार्ग प्रशस्त गर्दै शुक्रबार सुरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।
सम्झौताले अष्ट्रेलियाको रक्षा बलभित्र एकजना वरिष्ठ इन्डोनेसियाली अधिकारीलाई समावेस गराउने रक्षा पहललाई सहज बनाउने अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले विज्ञप्ति मार्फत जनाएका छन् ।
इन्डोनेसियाको संयुक्त अभ्यास गर्ने क्षमता बढाउन सैन्य प्रशिक्षण सुविधाको विकासमा पनि अस्ट्रेलियाले सहयोग गर्ने उनले बताएका छन् ।
क्यानबेराले चीनको बढ्दो प्रभावको सामना गर्न एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य शक्ति बढाउन खोजिरहेको जनाइएको छ ।
अल्बनिजले सन्धिलाई राष्ट्रहरूको सम्बन्धमा एउटा ऐतिहासिक क्षण“ का रूपमा स्वागत गरेका छन् ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले नयाँ सन्धिले “असल छिमेकी सिद्धान्त प्रति दृढ प्रतिबद्धता र इन्डोनेसियाको “स्वतन्त्र र सक्रिय“ विदेश नीतिलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
हाल अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिज इन्डोनेसियाको पाँचौँ आधिकारिक भ्रमणमाछन जुन शनिबार समापन हुदै छ ।
उनले यो सन्धिलाई सुरक्षा र रक्षा सहयोगको रुपमा वर्णन गर्दै अष्ट्रेलियामा इन्डोनेसियाको बढ्दो लगानीको प्रशंसा गरेका छन् ।
सन्धि सन् २०२४ को रक्षा सम्झौतामा आधारित छ, जसले विवादित एसिया–प्रशान्त क्षेत्रमा घनिष्ठ सहयोगको प्रतिज्ञा गरेको छ ।
सन् २०२४ को सम्झौता हस्ताक्षर भएको केही महिना पछि हजारौँ इन्डोनेसियाली र अस्ट्रेलियाली सेनाले पूर्वी जाभामा संयुक्त अभ्यास गरेका थिए ।
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया