पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं. ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुँदै छ । यहाँ लगातार दुई पटक निर्वाचन जितेका नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा र दुई पटक नै साँवासँग पराजय बेहोरेका नेपाली कांग्रेसका झापा सभापति देउमान थेवेको प्रतिस्पर्धालाई रोचक हुने आकलन गरिएकाे छ ।
तर यस पटक उनीहरूलाई अन्य राजनीतिक दलका उम्मेदवारले पनि उत्तिकै चुनौती भने थपेका छन् तीन जना उम्मेदवार अघिल्लो निर्वाचनमा सँगै लडेको र अहिले पनि सँगै भएकाले यसलाई स्थानीय मतदाताले पनि रोचक मानेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाले युवानेता पुरुषोत्तम चुँडाललाई उम्मेदवार बनाएको छ । प्रदेश सभा सदस्य तथा प्रदेशका मन्त्रीसमेत भइसकेका भक्तिप्रसाद सिटौला राप्रपाबाट उम्मेदवार छन् ।
सुरुङ्गा (झापा) हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित रु ३४ करोड नौ लाखको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ । निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ ? नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले भने, “हामी प्रतिनिधिसभा सदस्यका उम्मेदवारले मतदाता भेट्न पुग्नासाथ आफ्ना एजेन्डा सुनाउनुपूर्व नै स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन् ।
विकासको दृष्टिकोणले पछि परेको झापा–४ को विकास एजेन्डा नै हाम्रो पहिलो प्राथमिकता हो ।” झापा गाउँपालिका–१ सितुमारीका छवि पौडेल भन्छन्, “अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाएजस्तो आश्वासनमा हामी अल्मिलिदैनौँ ।” झापा–४ मा एक लाख ३० हजार ७१२ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवारले चुनावी मैदानमा रहेका छन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य वैकल्पिक दलका उम्मेदवार रहेका छन् ।
विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा–४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ ।
विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको वर्चस्व कायम रह्यो, तर राष्ट्रिय स्वतन्त्र पार्टी र वैकल्पिक दलहरूको प्रभावले पुराना र नयाँ शक्तिबीचको चुनावी समीकरणलाई रोचक बनाएको छ । फागुन २१ पछि मात्र झापा–४ मा परम्परागत राजनीतिक शक्ति कायम रहनेछ वा नयाँ राजनीतिक धारको उदय हुनेछ भन्ने टुङ्गो लाग्ने छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया