ललितपुर खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर। ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ ।
करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल ९कोल० अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् ।
ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि सञ्चालनमा छ । तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आएका छन् । उनका अनुसार कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशका साथै विदेशसम्म पठाउने गरिएको छ ।
मल्लकालमा खोकनामा चारवटा ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए । समयसँगै तीमध्ये तीन बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई जीवित राखेको छ । बाँकी तीनवटै ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ ।
शुद्ध तोरीको तेल र ऐतिहासिक कोलका कारण खोकनामा विदेशी पर्यटकसमेत अवलोकनका लागि आउने गरेका महर्जनले बताए । खोकना प्रवेश गर्ने वित्तिकै आधुनिक प्रविधिबाट तेल उत्पादन गर्ने युवा व्यावसायिका तेल मिल र साइनबोर्डहरू देखिन्छन् ।
खानोमी तेल मिलका सञ्चालक पवित्रकुमार डङ्गोलका अनुसार खोकनामा हाल १० देखि १५ वटा तेल मिल सञ्चालनमा छन् । पहिले सामुदायिक रूपमा काठको कोलबाट तेल उत्पादन गरिए पनि लागत महँगो र जनशक्ति बढी आवश्यक पर्ने भएकाले अहिले अधिकांश व्यवसायीले आधुनिक मिलको प्रयोग गर्न थालेका उनले बताए ।
पहिले खोकनाका स्थानीयले आफैँं तोरी उत्पादन गर्ने गरेकामा अहिले तोरीखेती घटेको छ । डुङ्गोलका अनुसार पहिले खोकनावासी तेल र तोरी साट्न भक्तपुर, काठमाडौँ, मकवानपुर र नुवाकोटसम्म पुग्ने गर्दथे । अहिले भने नेपालमा उत्पादन हुने तोरीले बजार धान्न नसक्दा भारत, युक्रेनलगायत देशबाट आयात गरेर तेल उत्पादन गरिँदै आइएको उनले जानकारी दिए ।
ऐतिहासिक रूपमा तोरी उत्पादन र शुद्ध तोरीको तेलका लागि चिनिँदै आएको खोकना आज पनि यही पहिचानका कारण बजारमा लोकप्रिय छ । आधुनिक प्रविधि र पुरानो काठको कोल दुवैको सहअस्तित्वले खोकनाको तेल परम्परा जोगाइरहेको स्थानीयको विश्वास छ ।
















दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया