टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय

काठमाडौं । सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान तयार भएको छ। १० दिन अगाडि भारतसँग खेल्न पाकिस्तानले अस्वीकार गरेपछि सिर्जना भएको लामो गतिरोध अन्त्य भएको हो।
पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी० ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आगामी फेब्रुअरी १५ मा कोलम्बोमा दुई देशबीचको खेल हुने सुनिश्चित गरेका हुन्।पाकिस्तान सरकारले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको अनुरोधलाई मध्यनजर गर्दै, पाकिस्तान सरकारले राष्ट्रिय टोलीलाई फेब्रुअरी १५ मा हुने खेलमा सहभागी हुन निर्देशन दिएको छ। यो निर्णय खेलको भावना रक्षा गर्न र विश्वव्यापी रूपमा क्रिकेटको निरन्तरतालाई सहयोग पुर्याउन लिइएको हो।’
यो खेललाई व्यावसायिक दृष्टिकोणले यस विश्वकपको सबैभन्दा महत्त्वपूर्ण मानिएको छ। यसअघि पाकिस्तानले भारतसँग खेल्न नमान्दा प्रतियोगिताको आयोजना र प्रसारण अधिकारमा समेत अन्योल सिर्जना भएको थियो।
















‘करेन्ट’ लागेर मजदुरको निधन
खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा
दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
प्रतिक्रिया