टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकामाथि ३२ रनको जित निकालेको हो ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले अमेरिकाविरुद्ध पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा आठ विकेटको क्षतिमा मात्र १५८ रन बनाउन सक्यो ।पहिला ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले विष्फोटक ब्याटिङ गर्दै सानदार अर्धशतक बनाए । ४१ बल खेलेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाएका हुन् ।
बाबर आजमले ३२ बलमा ४६ रन जोड्दा उसका लागि सादाब खानले १२ बलमा ३० रन थपे । अमेरिकाका लागि श्याड्ली भान शाल्कवाइकले आक्रामक बलिङ गर्दै चार विकेट लिएँ।१९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले जवाफी ब्याटिङ गरेको हो । उसका लागि शायन जायागिरले ४९ रन बनाउँदा शुभम रञ्जानेले अर्धशतक बनाए । मिलिन्दु कुमारले २९ रन थप्नुबाहेक अन्य ब्याट्सम्यायनले भने उल्लेख्य रन जोड्न सकेनन् । अमेरिकालाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान तारिकले तीन विकेट हात पारे ।
यो जितसँगै चार अंकसहित पाकिस्तान समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । एउटा मात्र खेल खेलेको भारत दुई अंकसहित दोस्रो स्थानमा छ । दुई खेलमा एक हार र एक जित निकालेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका अंकबिहीन छन् । समूह ‘ए’मा पाकिस्तान, भारत, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया