राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्दै पारित गर्नका लागि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन् ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।















NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया