‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

काठमाडाैं । ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहालले सो सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
यसबाट नेपाली किसानलाई ‘डिजिटल प्लेटफर्म’मार्फत कृषिसम्बन्धी समस्या समाधानमा सजिलो हुने विश्वास गरिएको छ। कनेक्ट किसानले विकसित गरेको ‘भ्वाइस बेस’ र ‘टेक्स्ट बेस एआई एडभाइजरी’ प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्याउनेछ। यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्याजस्तै मल, बजार, रोग कीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन्।
सो अवसरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्याउन र समस्या समाधानमा सहयोग पुर्याउन कनेक्ट किसानसँग सम्झौता गरिएको बताए।
उनले भने, “किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन्। साथै ठूला वा जटिल समस्याहरूको लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ।”
कृषि नीतिगत चुनौतीजस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापन जस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए।
कनेक्ट किसानका निर्देशक दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका र नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई सहयोग पुग्ने बताए।
उनका अनुसार किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने वा खेतीमा रोग–कीरा सम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन्।
पठाइएको जानकारी सङ्कलन गरी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ। उनले भने, “हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ।”
यस सम्झौताको माध्यमबाट किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया