प्रचण्ड-उपेन्द्र भेटवार्ता
उपेन्द्रको प्रस्ताव : महन्थलाई प्रधानमन्त्री बनाऔं, प्रचण्डको जवाफ : हामी सवै विकल्पमा खुल्ला छौं
प्रचण्ड - देउवा भेटवार्ता हुँदै, त्यसलगत्तै माओवादी स्थायी समिति बैठक बस्ने
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीकै अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएरै भएपनि केपी ओलीको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका छन् । विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई खुमलटारमा पुगेर भेट गरी यादवले महन्थलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
अव केही सिप नै नलागेपछि महन्थलाई नै प्रधानमन्त्री बनाएर भएपनि केपी ओलीको विकल्प खोजेर जाऔं, प्रचण्डसामु उपेन्द्रको प्रस्ताव थियो । यादव प्रचण्ड भेटन विहान ८ वजे खुमलटार पुगेका थिए । यादव खुमलटारमा प्रचण्डलाई भेटन जानु अगाडी माधव नेपालले पनि यादवसँग भेट गरेका थिए ।
यादवले राखेको प्रस्तावमा प्रचण्डले आफुहरु सवै विकल्पमा खुल्ला रहेको जवाफ दिएका थिए । माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)का अनुसार माओवादी केन्द्र सवै विकलप्मा अहिले खुल्ला छ ।
महन्थजीलाई प्रधानमन्त्री बनाऔं भन्दै अध्यक्षसँग भेट गर्न आउनुभएको थियो, उहाँहरुका वीचमा विहान भेटवार्ता भएको छ, उपेन्द्र जीको प्रस्तावमा अध्यक्षले हामी सवै विकल्पमा खुल्ला छौं भन्ने जवाफ दिनुभएको छ, नेता पुनले भने ।
प्रतिपक्षी काग्रेसको अहिले आकस्मिक पदाधिकारी बैठक वुढानिलकन्ठमा वसिरहेको छ । यो बैठक लगत्तै आजै विहान साढे ११ बजे प्रचण्ड र काग्रेस सभापति शेरवहादुर देउवावीच भेटवार्ता हुँदैछ । काग्रेसको निर्णय र देउवासँग प्रचण्डको भेटपछि माओवादीले पार्टी स्थायी समितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्री र राष्टपतिको कदम सम्वैधानिक रुपमा पनि असम्वैधनिक भएको र कानुनी प्रश्न उठ्ने खालको रहेको भन्दै माओवादीले यस विषयमा पनि दलहरुका वीचमा छलफल गरेर अगाडी बढने योजना बनाएको छ ।















Thailand votes in early election with 3 main parties vying for power
हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा
सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया