निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा

बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र जुलाईमा हुने जनमतसंग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकारहरू बंगलादेश आइपुगेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू मध्ये ८० जनाले ले विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिनिधित्व गरेको जनाइएको छ ।
स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४० जना पर्यवेक्षकहरू हाएको जनाइएको छ ।
अन्य ५१ जना विभिन्न विश्वव्यापी संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू रहेको विज्ञप्तिमा उल्लेख छ ।
पर्यवेक्षक मिसनहरू पठाउने प्रमुख संस्थाहरूमा एसियन नेटवर्क फर फ्री इलेक्शन्स (एएनएफआरइएल) छ भने अमेरिकास्थित इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई) ले १९ जना पर्यवेक्षक तैनाथ गरेको छ । यसै गरी नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई) ले एक जना पर्यवेक्षक पठाएको छ ।
अन्य सङ्गठनहरूमा इस्लामिक सहयोग सङ्गठन (ओआईसी), एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएपीपी) र युरोपेली युनीयन समावेश छन् ।
युरोपेली सङ्घबाहेक २१ वटा देशबाट पर्यवेक्षकहरू आउँदैछन् ।
पाकिस्तान (८), भुटान (२), श्रीलङ्का (११), नेपाल (१), इन्डोनेसिया (३) र फिलिपिन्स (२)
मलेसिया (६) जोर्डन (२) टर्की (१३) इरान (३) जर्जिया (२) र रुस (२) बाट पनि पर्यवेक्षकहरू आइपुगेका छन् ।
अन्य सहभागी देशहरूमा चीन (३) जापान (४) दक्षिण कोरिया (२) किर्गिजस्तान (२) उज्बेकिस्तान (२) दक्षिण अफ्रिका (२) र नाइजेरिया (४) समावेश छन् ।
भ्वाइस फर जस्टिस, डेमोक्रेसी इन्टरनेसनल, एसएनएएस अफ्रिका, सार्क ह्युमन राइट्स फाउन्डेसन र पोलिश इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स जस्ता संस्थाका पर्यवेक्षकहरूले चुनावको अनुगमन गर्नेछन् ।
अन्तर्राष्ट्रिय पर्यवेक्षक भ्रमणको समन्वयलाई समर्थन गर्दै वरिष्ठ सचिव तथा एसडिजी संयोजक लामिया मोर्सेदले यसले बङ्गलादेशको अन्तरिम सरकारमा स्वतन्त्र, निष्पक्ष र सहभागी निर्वाचन गर्न विश्व समुदायको विश्वासलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
उच्च–स्तरीय सहभागीहरूमा घानाका पूर्व राष्ट्रपति नाना आडो डानक्वा अकुफो–आडो र भुटानका मुख्य निर्वाचन आयुक्त डेकी पेमा आएको जनाइएको छ ।
बङ्गलादेशका लागि टर्कीका पूर्व राजदूत मेहमेत भाकुर एर्कुल र बेलायतको हाउस अफ लड्र्सका पूर्व सरकारी उप मुख्य सचेतक लर्ड रिचर्ड न्युबी पनि सहभागी भएको जनाइएको छ ।
मलेसियाको निर्वाचन आयोगका अधिकारी रामलान बीर हरुन र इरानी सांसद बेहनम सइदी, विदेश नीति तथा राष्ट्रिय सुरक्षा आयोगको प्रिसाइडिङ बोर्डका सदस्य पनि प्रतिनिधिमण्डलमा रहेको जनाइएको छ ।
करीव ५० भन्दा बढी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको प्रतिनिधित्व गर्ने दुई हजार भन्दा बढी उम्मेद्वारहरूले संसदीय सिटहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । भने आगमी जुलाईमा जनमतसंग्रहको साथै आम चुनाव हुने कार्उक्रम तय भएको छ ।
















निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
लालीगुराँस र सत्य साइलाई उपाधि
इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया