विपक्षी दलको तीन बजे कांग्रेस संसदीय दलको कार्यलयमा बैठक बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठकले उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ । उक्त बैठकमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको सयुक्त बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि विपक्षीहरु आ(आफ्नो दलमा आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकबाट बाहिरिदै भने “कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको छ,अबको एक आधा घण्टामै उपयुक्त निर्णय आउनेछ ।”
यसैगरी, बैठकपछि जसपा नेता इस्तियाक राईले बिहिबार राष्ट्रपतिको आह्वान असंवैधानिक भएको बैठकमा छलफल भएको जानकारी दिए । दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट निष्कर्ष निकाल्ने कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । कांग्रेस संसदीय दलको बैठक लगतै तीन बजेपछि पुन विपक्षी दलहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यलयमा बैठक बस्नेछ ।
यसैगरी, एमाले बरिष्ठ नेता माधवकुमार नेपालले छलफल चल्दा चल्दै निस्केका थिए । सञ्चारकर्मीको प्रश्नमा उनले भने, “अहिले कुनै पनि प्रतिक्रिया नदिऔँ ।”
बैठकमा राष्ट्रपतिमाथि महाभियोग लगाउने, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता विषयमा पनि छलफल भएको बताइएको छ ।
बूढानीलकण्ठको सर्वदलीय बैठकमा जसपा नेताहरु राजेन्द्र राई, इस्तियाक राइ र रेणु यादव उपस्थित रहेका थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताहरु कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठ पुगेका छन् । भने एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र भिम रावल समेत उपस्थित थियो ।
















Driver killed in road accident
25 days to HoR elections: Call to not violate voters’ confidentiality
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
Former PM Bhattarai bereaved of father
प्रतिक्रिया