जनमोर्चाले भन्यो : ओलीको विकल्पमा सवै मिल्यौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज साझ सम्म संविधानके धारा ७६(५) अनुसार नयाँ सरकार गठन सम्वनधी चालेको कदम सम्वैधानिक लोकतानित्रक मूल्यमान्यता विपरित भएको ठहर गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले वक्तब्य जारी गदैं ओली तथा राष्ट्रपतिले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध रहेको बताएका हुन् ।
‘प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा उठाइएको त्यसप्रकारको असंवैधानिक कदमको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ,’ केसलिे वक्तब्यमार्फत भनेका छन् ।
विगतदेखि नै प्रधानमन्त्री विद्यमान संसदका विरुद्ध गतिविधि गर्दै आएको कुरा कसैबाट लुकेको छैन भन्दै केसीले पुनस्र्थापित संसदलाई कुनै विजनेश नै नदिइ निष्प्रभावी गर्नका लागि गरिएको प्रयत्न तथा अहिले संसदबाट विश्वासको मत लिनुपर्ने वा त्यसो गर्न नसके पदबाट राजीनामा गरेर मात्र ‘मार्गप्रशस्त’ गर्नु पर्नेमा त्यस विपरीत संसदबाट विश्वासको मत लिने कार्यबाट भागेर तर पदमा कायम रहेर नयाँ सरकार गठनका लागि गरिएको सिफारिसको उद्देश्य पनि विद्यमान संसदलाई भंग गरेर मध्यावधि निर्वाचनमा देशलाई धकेल्ने नै रहेको बताएका छन् ।
आफ्नो पदीय महत्वाकांक्षा पूरा गर्न ओली देशको राष्ट्रियता, सार्वभौम सत्ता, अखण्डता, गणतन्त्र तथा जनताको स्वास्थ्यका विरुद्ध जुनसुकै प्रकारको सौदाबाजी गर्न थालेको जनमोर्चाले आरोप लगाएको छ ।
देशमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिका लागि ओली नै मुख्य रुपमा दोषी रहेका भन्दै जनमोर्चा अध्यक्ष केसीले उनको बहिर्गमनका लागि पार्टीले जोड दिएको बताए ।
उनले भनेका छन्,–‘ ओलीको बहिर्गमन पश्चात बामपन्थीहरुका बीच आपसी समझदारी र सहकार्यका आधारमा नयाँ सरकारको निर्माण गरिनु पर्दछ । यदि त्यसो हुन नसकेमा ओलीको प्रतिमगनलाई परास्त गर्नका लागि प्रतिगमन विरुद्ध संघर्षरत शक्तिहरु एक भएर अगाडि बढ्नुपर्ने आवश्यकतामा पार्टीले जोड दिन्छ ।’
















Driver killed in road accident
25 days to HoR elections: Call to not violate voters’ confidentiality
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
Former PM Bhattarai bereaved of father
प्रतिक्रिया