टी-२० विश्वकपमा भएका रोचक समीकरण,अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो ।
सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य श्रीलंकाले मात्र दुई विकेटको क्षतिमा १२ बल बाँकी हुँदा १८४ रन बनाएर भेट्टाएको हो ।
यसैगरी, श्रीलंकाले तीन खेलमा लगातार जित निकाल्दै ६ अंक जोडेको छ । दुई खेलमा खेलेको जिम्बाबेले चार अंक जोड्दा तीन खेल खेलिसकेको अस्ट्रेलियाले दुई अंक मात्र बनाएको छ ।सुपर आठ प्रवेश गर्न समूह ‘बी’बाट अस्ट्रेलियाले अन्तिम खेल जित्नैपर्ने दबाब छ । अस्ट्रेलियाको अघिल्लो चरण सुरक्षित गर्न जिम्बाबेले बाँकी दुई खेल ठुलो अन्तरमा गुमाउनुपर्ने देखिन्छ । यसरी हेर्दा समूह ‘बी’बाट सुपर आठ प्रवेशका लागि जिम्बाबेलाई सजिलो देखिन्छ ।
समूह ‘ए’बाट भारत यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ । भारत एक खेल अगाडि नै सुपर आठ प्रवेश गरेको हो । यो समूहबाट सुपर आठको प्रतिस्पर्धामा अमेरिका र पाकिस्तान छन्।पाकिस्तानले अन्तिम खेल गुमाएमा अमेरिका सुपर आठ प्रवेश गर्नेछ। नामिबियासँगको खेलमा पाकिस्तान विजयी भए ६ अंक बनाउँदै सुपर आठ प्रवेश गर्नेछ ।
समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर आठ प्रवेश गरिसकेका छन् भने समूह ‘डी’बाट दक्षिण अफ्रिका सुपर आठमा प्रवेश गर्दा न्युजिल्यान्ड र अफगानिस्तान अझै सुपर आठको दौडमा छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया