टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
मेरोन्यूज
२०८२ फागुन ५ गते ९:१६

इसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ।समूह ‘सी’ मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्।अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो।पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध उत्कृष्ट खेलेको नेपाल त्यतिबेला ४ रनले पराजित भएको थियो।त्यसपछिका खेलहरूमा नेपालले लय गुमाउन पुगेको थियो।
इटालीसँग १० विकेट र त्यसपछि वेस्ट इण्डिजसँग ९ विकेटले नेपाल पराजित भएको थियो।आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ।नेपालको समूहबाट स्कटल्याण्ड र इटाली पनि बाहिरिसकेको छ। इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर ८ मा स्थान बनाइसकेका छन्।
सम्बन्धित
















कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया