विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए

नेपाली क्रिकेटका ‘पावर-हिटर’ दीपेन्द्रसिंह ऐरीले विश्व क्रिकेटको मञ्चमा फेरि आफ्नो बलियो उपस्थिति देखाएका छन् ।
आईसीसीले सार्वजनिक गरेको पुरुष टी-२० अलराउन्डरतर्फको नयाँ वरियतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै विश्वको चौथो नम्बरमा उक्लिएका छन्।
नेपाली क्रिकेट इतिहासमा कुनै पनि खेलाडीले हात पारेको यो अहिलेसम्मकै उच्च वरियता हो।
विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्धको सानदार प्रदर्शन नै दीपेन्द्रलाई वरियताको शिखर उन्मुख गराउने माध्यम बन्यो। मुम्बईको वानखेडे स्टेडियममा मंगलबार दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५० रन जोडेपछि नेपालले स्कटल्यान्डमाथि ७ विकेटको ऐतिहासिक जित दर्ता गरेको थियो।
जारी विश्वकपमा दीपेन्द्रको त्यो लगातार दोस्रो अर्धशतक थियो। यसअघि उनले वेस्ट इन्डिजविरुद्ध पनि सानदार ब्याटिङ गरेका थिए।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया