सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कर्णालीको वास्तविक पीडा र सम्भावनालाई बुझ्ने पार्टी रास्वपानै भएको दाबी गरेका छन्।
बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको दुःख पीडा गहिराइमा पुगेर बुझ्ने प्रयास कुनैनेताबाट पनि नभएकाे जिकिर गरे ।
‘कर्णाली राजा महेन्द्रले भनेझैँ स्वर्गकी अप्सरा भएको ठाउँ हो,’ उनले भने, ‘यहाँको गहिराइलाई आजसम्म कुनै सरकार र पार्टीले बुझ्न सकेनन्, त्यो गहिराइलाई बुझ्न चाहने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी।’
कर्णालीलाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थल मान्दै शाहले सिंजा उपत्यकाको ऐतिहासिक महत्वबारे चर्चा गरे। ‘यहाँ आफ्नै भाषा, लिपि, चित्रकला, नाचगान र जात्रा छ,’ उनले भने, ‘काठमाडौँको नेवाः सभ्यताजस्तै कर्णालीको सिंजा सभ्यता जोगाउने पार्टी रास्वपा नै हो।’
शाहले डोल्पाको सुन मानिने यार्सागुम्बा विश्वभर पुग्ने तर कर्णालीको उत्पादन आफ्नै देशका अन्य भागमा नपुग्नु विडम्बना भएकाे बताए। उनले भने, ‘यहाँको स्याउ र मार्सी चामल चितवन र झापा पुग्दैन, यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा।’

















डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया