ओछयानमा सुतेकै अवस्थामा दाउ प्रहार गरेर हत्या, एक पक्राउ

मोरङ । जिल्लाको सुन्दरहरैचा नगरपालिका–३ लोचनीमा एक पुरुषको अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटिएको छ ।
४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियार दाउले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका ऋषिदेवलाई अर्ध नग्न शब रगताम्मे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बहादुर राईले जानकारी दिएका छन् ।
सोही ठाउँ बस्ने २३ वर्षीय पुजन राईले निदाएका बेला दाउले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलाई प्रहरीले शुक्रबार विहान ८ बजे उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रवक्ता राईका अनुसार ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका विष्णुकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेका थिए । उनि दैनिक बिहानै उठेर काममा जाने गरेका थिए।
ढिलासम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै ओछयानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेको थिए।
















ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया