शनिबार, फागुन ९, २०८२

एमालेको झन्डा जलाउने एक जना व्यक्ति पक्राउ

मेरोन्यूज २०८२ फागुन ८ गते १९:३६

काठमाडौं । नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटना अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचानको आधारमा उनीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

प्रतिक्रिया