शुक्रबार, फागुन ८, २०८२

पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित

मेरोन्यूज २०८२ फागुन ८ गते २१:१०
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह पोखरा, ८ फागुनःप्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति सुशीला कार्की शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः राधिका कँडेलररासस

गण्डकी । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी ढुङ्गेपाटनमा सम्पन्न समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गराए ।

Advertisement
nepal life insurencenepal life insurence

दीक्षान्त समारोहमा छ दशक लामो राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुभव सँगालिएकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा रहेका थिए ।दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधिबाट दुुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको २१औँ विश्वविद्यालय सभाको विशेष बैठकले उपाधिका लागि योग्य विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरेको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री कार्कीले विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मानित गरेका थिए । उक्त अवसरमा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी ‘डीन लिस्ट’ उपाधिबाट सम्मानित भएका थिए ।

प्रतिक्रिया