आइतबार, फागुन १०, २०८२

यामाहा नेपालको भ्यालेन्टाइन सप्ताह अभियान सम्पन्न

मेरोन्यूज २०८२ फागुन १० गते १३:५९

काठमाडौं । यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान ‘मायासँग मायाको यात्रा’ मार्फत प्रेम र खुसी बाँडेको छ । अभियानलाई उत्सवका रूपमा मनाउँदै यामाहाले ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई प्रगाढ बनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यामाहाले सातै प्रदेशमा यो अभियान सम्पन्न गरेको हो । भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई यामाहाको तर्फबाट चकलेट प्रदान गरिएको थियो । साथै, शोरूमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रमहरू आयोजना गरिएको थियो ।

अभियानमा राष्ट्रव्यापी फोटोबुथ प्रतियोगिता पनि समावेश गरिएको थियो । देशभरका यामाहा शोरूमहरूमा भ्यालेन्टाइन थिममा सजिएका फोटोबुथ स्थापना गरिएका थिए, जहाँ ग्राहकले आफ्ना रमाइला क्षणहरू कैद गरी सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली विजेता चयन गरी विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो । प्रदेशगत विजेताहरूमा बिशाल माझी (वाग्मती), चन्दा श्रेष्ठ बस्नेत (कोशी), सीता कुमारी तामाङ (मधेश), अब्दुल अजीज खान पठान (लुम्बिनी) शालिभान बोहरा (सुदूरपश्चिम), अनिता रास्कोटी (कर्णाली) र अशोक कुमार दर्जी (गण्डकी) रहेका छन् ।

यसैगरी, कुमारिपाटीका देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंस्थित एक प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जित्दै आफ्नो भ्यालेन्टाइन उत्सवलाई अविस्मरणीय बनाएका छन् ।

प्रतिक्रिया