फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना

काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि ले प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे का लागि ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको उक्त योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा सहज रूपमा अपग्रेड हुने अवसर दिने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत ग्राहकहरूले फोर्थिङ फ्राइडे ईभी खरिद गर्दा अधिकतम रु ७ लाखसम्म बचत गर्न सक्नेछन् । योजनामा पुरानो गाडीको उचित मूल्याङ्कनसहित एक्सचेन्ज बोनस, नगद छुट, अटो प्लस इन्स्योरेन्स, सडक कर सुविधा, निःशुल्क स्पेयर टायर र एसी चार्जरका साथै सप्राइज गिफ्ट्स समावेश छन् ।
कम्पनीका अनुसार, यो योजना नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको हो । यसमार्फत वातावरणमैत्री सवारीको प्रयोगलाई प्रोत्साहन गर्दै बजारमा सहज पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया