मंगलबार, वैशाख ८, २०८३

चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने

मेरोन्यूज २०८२ फागुन १२ गते १७:५३

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले चुनाव सार्ने भए ४ दिन अगाडि सार्न प्रस्ताव गरेका छन्।

Advertisement
NiccNicc

मंगलबार इटहरीमा आयोजित पार्टीकाे चुनावी सभालाई सम्बोधन गर्दै रविले यस्ताे प्रस्ताव गरेका हुन् । ‘यो चुनाव सारौँ-सारौँ भन्नेहरूलाई यति भन्न चाहन्छु, सार्ने भए चार दिन वर सारौँ, हामीलाई ठीक छ। चार दिन पनि पनि अलि लामो भो।’

चुनावको परिणाम स्वीकार्न सबै तयार हुनुपर्ने रविकाे भनाइ थियाे। ‘यो सारौँ भन्ने कुरा नगरौँ, चुनाव गरौँ। चुनावले दिएको परिणाम स्वीकार गरौँ,’ लामिछानेले भने।

लोकतन्त्र जाेगाउने चिन्ता अब कसैले नलिन उनले आग्रह गरे । ‘देश अगाडि बढ्छ, लोकतन्त्रको ठेक्का कसैले नलिऔँ। लोकतन्त्र जोगाउने यतिका जनता छन्,’ उनले थपे, ‘यतिका सचेत जनताले लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि।’

प्रतिक्रिया