इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !

इरान र अमेरिकी प्रतिनिधिमण्डलहरूले बिहीबार अप्रत्यक्ष आणविक वार्ताको पछिल्लो चरणमा ‘नयाँ र रचनात्मक विचार र समाधानका लागि अभूतपूर्व लचिलोपन“ प्रदर्शन गरेकाे विवरणहरु सार्वजनिक भएका छन् ।
ओमानी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक एक विज्ञप्तिमा नयाँ समाधानका लागि दुबै पक्षले ‘अभूतपूर्व लचकता’ देखाएको उल्लेख गरेको छ ।
ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमद बिन हमुद अल्बुसैदीले बिहीबार जेनेभामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग अप्रत्यक्ष छलफल गरेका थिए ।
बैठकमा इरानको विचार र प्रस्तावका साथै इरानको आणविक कार्यक्रमका प्रमुख तत्वहरू र सबै प्राविधिक र निरीक्षण पक्षबाट अपेक्षित सम्झौता प्राप्त गर्न आवश्यक ग्यारेन्टीको बारेमा अमेरिकी वार्ता टोलीको प्रतिक्रिया र सोधपुछको समीक्षा गरिएको बताइएको छ ।
अल्बुसैदीले भने, “नयाँ विचार र समाधानको लागि वार्ताकारहरूको लचिलोपनका बीच वार्तामा प्रगतिको लागि अनुकूल अवस्था सिर्जना भएको छ । दिगो सुनिश्चितताका लागि समर्थित निष्पक्ष सम्झौतामा पुग्ने प्रयासहरू गहन र रचनात्मक रूपमा जारी छन् ।
बुधबार साँझ अल्बुसैदीले जेनेभामा इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीसँग भेट गरेका थिए ।

















एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया