सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
मेरोन्यूज
२०८२ फागुन १५ गते १७:२१

काठमाडौँ। गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार चौधरीको मृत्यु भएको हो । गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसका चालक नुवाकोटको विदुर नगरपालिका–६ का जैबहादुर तामाङको मत्यु भएको हो ।
पशुपती क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बालाई मृत भेटिएको हो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया