आज पनि सुनको मुल्य व्यापक वृद्धि
मेरोन्यूज
२०८२ फागुन १८ गते ११:०९

आज पनि सुनको भाउ व्यापक वृद्धि भएको छ। सुनको भाउ आज तोलामा ५६ सय रुपैयाँ बढेको हो।
मूल्य बढेर सुनको भाउ आज तोलाको तीन लाख २६ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो पनि सुनको मूल्य तोलामा ५६ सय रुपैयाँ नै बढेको थियो। हिजो सुनको भाउ तोलाको तीन लाख २० हजार पाँचसय रुपैयाँ थियो।
दुई दिनमा सुनको भाउ ताेलामा ११ हजार २ सय रुपैयाँ बढेको छ।
गत साताको सोमबारदेखि बिहीबारसम्ममा १० हजार सात सय बढेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर तीन लाख १४ हजार नौसय रुपैयाँमा झरेको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदीको भाउ आज तोलाको ६ हजार २० पुगेको छ।
हिजो चाँदीको भाउ तोलामा २५४ रुपैयाँ बढेको थियो।
सम्बन्धित
















आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया