निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आह्वान गरेका छन् ।
फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उनले होलीको रङले सम्बन्ध नजिक बनाउनुका साथै तथा निर्वाचनको नतिजाले जनजीवनमा आशा र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् ।
“भोलिदेखि निर्वाचनको मौन अवधि पनि सुरु हुँदैछ । शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ । हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ”, पूर्वप्रधानमन्त्री दाहालले भनेका छन् ।
रङहरूको पर्व होलीले उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहने उल्लेख गर्दै संयोजक दाहालले यसपटक मध्यपूर्वमा बनेको परिस्थितिका कारण फागु पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था नरहेको बताएका छन् ।
“हजारौँ प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन् । यो बेला धेरैका मन भारी छन्, विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्छु”, उनले भनेका छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया