निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु

रामेछापमा भएका निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।
सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका सात जनामध्ये थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रामेछाप प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया