कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
मेरोन्यूज
२०८२ फागुन १९ गते १६:३२

मान्म (कालीकोट)। कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पु¥याइएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा मतदान सामग्री पु¥याइएको सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणले जानकारी दिए ।
जिल्लामा १२७ स्थायी र एक अस्थायी मतदान केन्द्र गरेर १२८ केन्द्र रहेका छन् । “जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्रीलगायतका अत्यावश्यक सामान ढुवानी गरि सकिएको छ,” सहायक निर्वाचन अधिकृत खाँणले भने ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको उनले बताए ।
सम्बन्धित

















इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया