प्रचण्डले चितवनबाट गरे मतदान: अब हेलिकप्टरमार्फत रुकुम पूर्व जाने तयारी
मेरोन्यूज
२०८२ फागुन २१ गते ७:५४

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। मत दिनको लागि उनी हिजै चितवन पुगेका थिए।
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट केहीबेरअघि प्रचण्डले मतदान गरेका हुन्।
चितवन ३ बाट प्रचण्डकी छोरी रेनु दाहाल नेकपाकी उम्मेदवार बनेकी छिन्।
अघिल्लो पटकको चुनाव गोरखा–२ बाट जितेका प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्।
मत दिएलगत्तै प्रचण्डले हेलिकप्टरमार्फत रुकुम पूर्व जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सम्बन्धित


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया