तनहुँ १ मा रास्वपाको अग्रता कायमै

दमौली (तनहुँ) । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गरेक छन् ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा देवघाट गाउँपालिकाको छ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ ।
यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् ।
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया