शुक्रबार, वैशाख ११, २०८३

ध्रुवराज राई : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

मेरोन्यूज २०८२ फागुन २४ गते १९:२६

भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका राई एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement
NiccNicc

नेकपा एमालेमा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ४३ वर्षीय राई २०६२/६३ को जनआन्दोलनमा अग्रपंक्तिमा खटिएका थिए ।

२०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी भएका थिए ।

सोही समय उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिकालाई विद्युतकाे पहुँचमा पुर्‍याएका थिए । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित भएका थिए ।

राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गरेका थिए ।

सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य थिए । एमाले छोडनु भएका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी भए । उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया