मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित

इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भन्नुभयो,“जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए ।”
करिब एक लाख बीस हजार मानिसहरू सरकारद्वारा तोकिएका सामूहिक शरणस्थलमा बसिरहेका छन्, जबकि अरू आफन्त तथा साथीहरूसँग बसिरहेका छन् वा सुरक्षित बसोबास खोजिरहेका छन् । लेबनान यस युद्धमा तब प्रवेश ग¥यो, जब इरान समर्थित हिजÞबुल्लाहले इजरायलमाथि हमला ग¥यो, जुन अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइको हत्या पछि भएको थियो ।
लेबनानका अधिकारीहरूले मार्च २ देखि भएको हमलामा कम्तीमा चार सय ६६ मानिसको मृत्यु र एक हजार तीन सय १३ घाइते भएको जानकारी दिएका छन्, जसमा ८४ बालबालिकाहरू पनि छन् । धेरै विस्थापित मानिसहरू बीरुत, माउन्ट लेबनान, उत्तर जिल्ला, बेक्का उपत्यका र छिमेकी सिरियामा सुरक्षित स्थान खोजिरहेका छन् ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले भनेको छ, “द्रुत र निरन्तर अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक छ, ताकि लेबनन सरकारले उत्पन्न आवश्यकतामा सहयोग पाउन सकोस् । हरेक दिन जारी रहँदा सयौं हजार नागरिकहरू अझ बढी पीडा भोगिरहेका छन् र लेबनन तथा क्षेत्र अझ अस्थिर हुँदैछ ।”















समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया