देशभर थप ८ हजार ९८० संक्रमित थपिए, करिब ९ हजार निको भए
मेरोन्यूज
२०७८ जेठ ८ गते १७:०७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देभर थप ८ हजार ९८० जनामा कोरोना भाइरस (कोरोना–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ८४८ जना कोरोनाबाट निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप १२९ जनाले ज्यान कोरोनाबाट गुमाएका छन् । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमितको कूल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया