चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
मेरोन्यूज
२०८२ फागुन २८ गते १७:४८

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ । चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ ।
अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ ।
यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया