इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय प्रदान गर्न र कानुन कार्यान्वयन गर्ने निकायलाई जवाफदेही बनाउन सम्बन्धित सबै पक्षसमक्ष आग्रह गरेका छन् ।
दुवै आयोगले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिन र पीडित परिवारलाई सुरक्षा व्यवस्था गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका हुन् । त्यसका साथै आयोगले रौतहट र पर्सासहित देशका विभिन्न भागमा महिला, दलित र किशोरीमाथि भइरहेका हिंसा र विभेदका घटनाको समेत गम्भीर छानबिन गर्नुपर्नेमा जोड दिएको छ ।
सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा आइतबार बिहान वीरेन्द्रनगर–४, सहिद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकका आफन्तहरूले सामूहिक बलात्कार भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको छ ।
आयोगले मानव सभ्यतालाई नै चुनौती दिने गरी भएको यो विभत्स घटनाप्रति दुःख व्यक्त पनि व्यक्त गरेका छन् ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया