शुक्रबार, फागुन २९, २०८२

धरानबाट हत्या अभियोगमा एक जना पक्राउ

मेरोन्यूज २०८२ फागुन २९ गते ११:४२

काठमाडौँ। धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।

यसैबीच, चोरी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ सतौका ३८ वर्षीय पूर्णबहादुर लामिछानेलाई पक्राउ गरिएको छ । उनलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालतमा पेस गरिएको उक्त समाचारकक्षले जनाएको छ ।

प्रतिक्रिया