आइतबार, चैत १, २०८२

ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो : हाम्रा नयाँ सर्वोच्च नेता घाइते भएका छैनन्

मेरोन्यूज २०८२ चैत १ गते १०:४७

इरानले आफ्ना नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई कुनै चोट नलागेको र पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘खामेनी सामान्य रूपमा आफ्ना जिम्मेवारी निर्वाह गरिरहेका छन्।’

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मोज्तबा घाइते भएको वा मृत्यु भएकाे हुनसक्ने दावी गरेका थिए । उनले मोज्तबा सार्वजनिक रुपमा नदेखिएकाे बताउँदै भने “मलाई थाहा छैन कि उनी जीवित छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेका छैनन्, ।”

यसअघि बेलायती मिडिया आउटलेट द सनले फेब्रुअरी २८ मा अमेरिका-इजरायलले गरेको आक्रमणमा मोज्तबा घाइते भएको, एउटा खुट्टा काट्न परेको र त्यसबेलादेखि उनी कोमामा रहेको समाचार प्रकाशित गरेकाे थियो। 

तर ती सबै दाबीलाई इरानका विदेशमन्त्री अराघचीले खण्डन गरेका हुन्।  अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई एक कराेड डलरसम्म दिने घाेषणा गरेको छ।

प्रतिक्रिया